३० आश्विन २०८३, शुक्रबार

जर्मनीमा नेपाली दिग्गजहरूको जमघट, को–को आउँदैछन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Garmanyलन्डन, १८ वैशाख । जर्मनीको क्लोन शहरमा शनिबार र आइतबार ‘नेपाल दिवस’ मनाउन लागिएको छ।

जर्मन नेपाल फ्रेन्डशीप एसोसियसनद्वारा आयोजना गरिन लागेको यसवर्षको नेपाल दिवसको मुख्य विषय “एक वर्ष पछि” रहेको र त्यसमा भूकम्पको एक वर्षपछि नेपालका चुनौती र संभावनाहरुबारे विशेषरुपमा चर्चा गरिने सम्मेलनका आयोजक तथा जर्मनीका तीन राज्यहरुकालागि नेपालका अवैतनिक महावाणिज्यदूत एवम् एसोसियसनका अध्यक्ष रामप्रताप थापाले बताउनुभयो।

सम्मेलनमा वरिष्ठ अर्थशास्त्री प्रा विश्वम्भर प्याकु-याल, अक्सफोर्ड विश्वविद्यालयका मानवशास्त्री प्रा डेभिड गेल्नर, नेपाल मामिलाका ज्ञाता जर्मन प्राज्ञ डा कार्ल हेन्ज क्र्यामर लगायतका वक्ताहरुले बोल्ने कार्यक्रम छ।

उद्घाटन समारोहमा जर्मनीका लागि नेपालका कार्यवाहक राजदूत विशाल भट्टराई, युरोपेली संघका सांसद टमस मान, जर्मन विदेश मन्त्रालयका पिटर रेइक, क्लोन शहरका मेयर हान्स वर्नर बास तथा सांसद रन्जुकुमारी झा लगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै जर्मनीको वैदेशिक सहायता मन्त्रालयको नेपाल डेस्क अफिसर वोल्फल्याङ रुस्काले भूकम्पपछि नेपालललाई जर्मन सहयोगका बारेमा बोल्नुहुनेछ ।

सोही कार्यक्रममा टिच फर नेपालका शिशिर खनाल तथा शैलेन्द्र झाले पनि नेपालको शैक्षिक अवस्थाबारे प्रस्तुति गर्नुहुनेछ ।

कार्यक्रममा नेपाली पर्यटनका विविध पक्ष जस्तै ट्रेकिङ, एभरेष्ट म्याराथन र सांस्कृतिक सम्पदाहरुका बारेमा पनि प्रस्तुति गरिनेछ । त्यस्तै नेपाली गीत, नृत्य र खानाको पनि व्यवस्था गरिएको छ।

‘नेपाल तथा जर्मनीका बीच जनस्तरको सम्बन्ध अरु बलियो पर्ने उद्देश्यले गएको २७ वर्षदेखि हामीले विभिन्न समसामयिक बिषयमा नेपाल दिवस आयोजना गरिरहेका छौ । आगामी दिनमा पनि यस्ता रचनात्मक कामहरु जारी राख्न हामी कटिवद्ध छौ’, थापाले भन्नु भयो ।