काठमाडौं, १७ वैशाख । नेपाल सदभावना पार्टीका काठमाडौं जिल्ला अध्यक्ष दीपक कोइरालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
संघीय गठबन्धनको पूर्वनिर्धारित आन्दोलन कार्यक्रमअन्तर्गत सरकारी कार्यालयहरुमा कालो झण्डा गाड्ने कार्यक्रमअनुसार शुक्रबार सदभावनाका अध्यक्ष कोइरालाको नेतृत्वमा काठमाडौं महानगरपालिका कार्यालयमा कालो झण्डा गाड्न जाादा प्रहरीले कोइराला र जिल्ला सदस्य प्रेम प्रसाद बराम थापालाई पक्राउ गरेको हो ।
उनीहरुलाई अहिले हिरासतमा राखिएको जानकारी दिँदै नेपाल सदभावना पार्टीका महासचिव सुनील रोहितले शान्तिपूर्ण विरोध गर्न पाउनुपर्ने लोकतान्त्रिक अधिकारको प्रयोग गर्दा गरिएको गिरफ्तारीको विरोध गर्दै पक्राउ गरिएका नेता तथा कार्यकर्ताको सिघ्र रिहाईको माग गरेका छन् ।
साथै आन्दोलनमा हस्तक्षेप र दमन नगर्न प्रशासनलाई चेतावनी दिएका छन् ।












प्रतिक्रिया