१७ कार्तिक २०८३, मंगलबार

श्रमिक महिलाहरुको दुई दिने राष्ट्रिय भेला काठमाडौंमा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-photo

काठमाडौं, १७ वैशाख । मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको श्रम अधिकारको बारेमा दुई दिने राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु भएको छ ।

नेपालका विभिन्न शहरी क्षेत्रहरुमा डान्स रेस्टुरेन्ट, दोहरी साँझ, मसाज पार्लर, क्याविन तथा खुला रेस्टुरेन्ट जस्तो अनौपचारिक तथा मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाहरुको श्रमको अधिकारको बारेमा श्रम ऐन २०४८ ले कहि कतै उल्लेख नगरेको र संशोधनको क्रममा रहेको सो ऐनले पक्कै पनि यी मुद्दाहरुमा कानुन ल्याउने छ भन्ने धारणा सहभागीहरुको रहेको छ ।

कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका उप सचिव जीवन कुमार राईले संशोधनको क्रममा रहेको ऐन अब मनोरन्जन क्षेत्रमा कार्य गर्ने महिला दिदी बहिनीहरुको पक्षमा बन्ने बताउनुभयो ।

त्यसैगरि महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जहाँ अपराध हुन्छ त्यस ठाउँमा प्रहरी पुग्नुपर्छ, यदि कुनै प्रहरीले विनाकारण दोहोरी, डान्सबारबाट महिला दिदीबहिनीहरु पक्राउ गर्छ भने हामी पक्कै पनि त्यस्तोलाई कारवाही गर्छाैं भन्नुभयो ।

त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगकी लैगिंक महाशाखा प्रमुख सरिता ज्ञवालीले राज्यले मनोरन्जन क्षेत्रमा कार्यगर्ने महिला दिदीबहिनीहरुको सुरक्षाको ग्यारेन्टी नगरेको र अबका कानुनहरुमा यो कुरा उल्लेख गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयकी उप सचिव सुनिता नेपाल, गृह मन्त्रालयका स्थानीय अधिकृत कुमार पोखरेल, पूर्व महिला आयोगकी सदस्य मनु हुमागाई, जिफन्ट महिला कमिटिकी सुनिता थापा र वरिष्ठ अधिवक्ता डा. रेणु भण्डारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

त्यसैगरि अवधारणा पत्रमाथि महिलाको निम्ती महिला मञ्चकी कार्यकारी निर्देशक सृजना पुनले प्रकाश पार्नु भएको थियो । कार्यक्रम महिलाको निम्ती महिला मञ्च नेपालकी अध्यक्ष कविता मगरले गर्नु भएको थियो ।

महिलाको निम्ति महिला मञ्च नेपालले आयोजना गरेको यो राष्ट्रिय भेलामा काठमाडौं, ललितपुर, भक्तपुर, सप्तरी, पोखरा, विराटनगर, सुनसरी, झापा, सिराहा लगायतका जिल्लाका मनोरञ्जन क्षेत्रमा कार्यरत १५० महिला श्रमिकहरुको उपस्थिती रहेको छ । कार्यक्रम १८ गते काठमाडौं घोषणा पत्र निकाल्दै समापन हुनेछ ।