गुल्मी, १७ वैशाख । नेकपा एमालेका सचिव गोकर्ण विष्टले संबिधानले जनतालाई मालिक बनाएको बताउनु भएको छ ।
पार्टीको कामको सिलसिलामा गुल्मी आउनु भएका नेता बिष्टले सदरमुकाम तम्घासमा शुक्रवार प्रेस चौतारी नेपाल जिल्ला शाखा गुल्मीले तयार गरेको २०७३ सालको भित्ते पात्रो बिमोचन गर्दै संविधान प्राप्तिसँगै जनताका सबैखाले हक अधिकार सुनिश्चित भएकोले जारीे संबिधानले जनतालाई मालिक बनाएको तर्क गर्नुभयो ।
नेपालको संविधानले सवै वर्ग तथा समुदायको अधिकार स्थापित गरेकोले संविधानको कार्यान्वयन गर्दै देशलाई सम्वृद्धितर्फ लैजानुपर्ने बताउनु भएको छ । जनताको अधिकार प्राप्ती सँगै अबको राजनैतिक यात्रा आर्थिक सम्वृद्धिको हुने विष्टको भनाई थियो ।
उहाँले संबिधान कार्यान्वयनका लागी राजनीतिक मतान्तर भन्दामाथि उठेर सबै दल एकै ठाउँमा उभिनु पर्ने बताउनुभयो । पात्रो र घडिको सुई अनुसार सबै राजनीतिक दल लगायत सबैले ख्याल गरेर अगाडी बढनुपर्ने उहाँको भनाई छ ।
संबिधानप्रति असंस्तुष्ट मधेसी दलहरु संग वर्ता सम्वाद चलिरहेको बताउँदै वार्ता र सम्वाद मार्फत मधेसको समस्या समधान हुने बताउनुभयो ।













प्रतिक्रिया