काठमाडौं, १७ वैशाख । प्रहरीले सिन्धुपाल्चोकबाट १८ किलो सुन बरामद गरेको छ ।
शुक्रबार साँझ नियमित चेकजाँचका क्रममा सिन्धुपाल्चोक प्रहरीले कोदारी राजमार्ग अन्तर्गत पर्ने बाह्रविसेबाट १८ किलो सुनसहित तीन जनालाई पक्राउ गरेको सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी रविन्द्र केसीले दैनिक नेपाललाई जानकारी दिए ।
उक्त सुन चीनसँग जोडिएको तातोपानी हुँदै नेपाल भित्र्याइएको हुन सक्ने प्रहरीको अनुमान छ ।
चेकजाँचका क्रममा बा ९ च १४६३ नम्बरको कारमा उक्त सुन भेटिएको एसपी केसीले बताए । ‘बाह्रविसेको स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको खबर प्राप्त भएको छ । को-को पक्राउ परे र कहाँबाट ल्याएको भन्ने बारेमा अनुसन्धान भइरहेको छ,’ उनले भने ।













प्रतिक्रिया