
– राजकुमार ओली
झापा, १७ वैशाख । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले परिवर्तनको नेतृत्वको एमालेले गरिरहेको बताउनुभएको छ ।
नेकपा एमाले जनताको पार्टी भएकोले देशभर नै पार्टी प्रवेशको लहर चलेको र राष्ट्रिय राजनीतिको मुख्य पार्टी नै एमाले भएको उहाँको भनाई छ ।
आज झापाको विर्तामोडमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले हिजो एमाओवादी र कांग्रेसले गरेको गलत कामको कारणले पनि जनताले एमालेलाई साथ दिएको बताउनुभयो ।
एमाओवादी नेतासहित सय जना भन्दा बढी एमालेमा आए
उक्त समारोहमा एमाओवादीका पूर्व झापा जिल्ला कमिटी सदस्य सोमनाथ न्यौपाने, बुद्धिजिवी संगठन झापाका अध्यक्ष कृष्ण विमली, संघीय समाजवादी युवा फोरम झापाका उपाध्यक्ष तिलक तामाङको नेतृत्वमा १ सय बढी कार्यकर्ता एमालेमा प्रवेश गरे ।
उनीहरुलाई महासचिव पोखरेलले टिका र खादा लगाएर स्वागत गरे । पार्टी प्रवेशको लहर चल्दा एमालेका पुराना नेता कार्यकर्ता हर्षित देखिन्थे ।












प्रतिक्रिया