– अनिल खत्री
गुल्मी, १७ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् ।
जिल्लाको दोहोली गाविसको जुकेखोला सामुदायिक वनमा शुक्रवार बिहानदेखि लागेको लागेको आगो निभाउने क्रममा दोहोली ५ का ६२ वर्षका तुल्सीलामा गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिनुभयो ।
वनमा लागेको आगो निभाउन गएका गुरुङ्गको आगोले डढेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा दोहोली ६ का लोकबहादुर वुढा गम्भीर घाईते भएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल गुल्मीमा ल्याइदै रहेको प्रहरीले जनाएको छ । उक्त वनमा लागेको अझै नियन्त्रणमा आउन सकेको छैन् ।
गुल्मीमा केहि दिनअघि आगो निभाउने क्रममा एक जनाको ज्यान गईसकेको छ । केहि दिन यता जिल्लाका बिभिन्न ठाउँमा लागेको आगोले एक दर्जन भन्दा वढी घर र गोठ जलेका छन् । बिहिवार रातिदेखि जिल्लाको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा वनमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
धार्मिक तथा ऐतिहासिक स्थल रेसुङ्ग वनमा लागेको आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानियले आगो निभाउने प्रयास जारी राखेका छन् ।
गुल्मीका बिभिन्न ठाउँमा लागेको आगलागीबाट १ हजार २ सय हेक्टर भन्दा वढी जंगल जलेको जिल्ला वन कार्यालय गुल्मीका सहायक वन अधिकृत कर्णबहादुर पाण्डेले जानकारी दिनुभयो ।













प्रतिक्रिया