१७ कार्तिक २०८३, मंगलबार

अदालतमै न्यायाधीश कुट्ने सांसद खातुनसहित १९ जनाविरुद्ध मुद्दा दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Najam-Khatunकलैया, १७ वैशाख । नेपाल बार एसोसिएसन बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुर्व्यवहार गर्ने १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।

न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले बुधबार इजलासमा तोडफोड गरी उनीविरुद्ध अभद्र व्यवहार गरेको थियो ।

अदालत र न्यायाधीशको अवहेलना गरेको आरोपमा उनीहरु विरुद्ध जिल्ला अदालतमा बिहीकार मानहानीको मुद्दा दर्ता गरिएको जिल्ला बार अध्यक्ष योगेन्द्रप्रसाद धानुकले जानकारी दिए । रासस