– विमल योगी
काठमाडौं, १७ वैशाख । एकीकृत नेकपा माओवादीले संविधान कार्यान्वयन र राष्ट्रिय सहमतिका लागि प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेसवादी दलसँग वार्ता गर्ने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा शुक्रबार बसेको स्थायी समिति बैठकले संविधान कार्यान्वयमा सबै दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको निष्कर्ष निकाल्दै त्यसका एमाओवादीले नेतृत्व गर्ने अर्थात लिडर बन्ने निर्णय गरेको महासचिव कृष्ण महराले जानकारी दिए ।
उनले भने- ‘बैठकले मुलुकमा राष्ट्रिय सहमति आवश्यक छ भन्ने ठहर गरेको छ । त्यसका लागि कांग्रेस एमाले र मोर्चालाई वार्ता गरेर मनाउने, केके गर्न सकिन्छ गर्ने भन्ने निर्णय गर्यो । संविधान कार्यान्वयका लागि राष्ट्रिय सहमति आवश्यक त्यो सहमति जुटाउने काम एमाओवादीले गर्छ ।’
बैठकले विभाजनमा रहेका माओवादीसँग वार्ता गर्ने र तत्काल पार्टी एकताका लागि पहल गर्ने निर्णय पनि गरेको महराले बताए ।













प्रतिक्रिया