२५ कार्तिक २०८३, बुधबार

सुरेन्द्र पाण्डेले बयान दिन हुने, कनकमणिले किन बयान नदिने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kanakmani-Dixitकाठमाडौं, १७ वैशाख । वरिष्ठ पत्रकार निमकान्त पाण्डेले राज्यका कुनै पनि निकायले संकालेगमा नागरिकसँग सोधपुछ गर्न सक्ने बताउनुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रबार ऋषि धमलासँग कुरागर्दै पाण्डेले कनकमणि दीक्षितले अख्तियारलाई बयान दिन अटेर गरेर पत्रकारका नाममा बद्मासी गरेको आरोप लगाउनुभयो । ‘राज्यका कुनै पनि निकायले आफ्नो दायित्व र जिम्मेवारीअनुसार हरेक नागरिकसँग सोधपुछ गर्न सक्छ’, उहाँले भन्नुभयो, ‘पत्रकार भन्दैमा सबै कानुन नमान्ने हुँदैन । सबै नागरिकलाई कानुन बराबर हुन्छ ।’

पाण्डेले पत्रिकामा समाचार लेखेकै कारण कनमणि दीक्षितलाई लोकमान सिंह कार्कीले पक्राउ नगरेको दाबी गर्नुभयो । ‘पत्रिकामा समाचार लेखेकै भरमा लोकमान सिंह कार्कीले कनकमणि दीक्षितलाई पक्राउ गरेका होइनन्’, उहाँले भन्नुभयो, ‘एनजिओ, आइएनजिओमार्फत भ्रष्टाचार गरेका कारण सोधपुछका लागि बयान दिन बोलाएको हो ।’

अख्तियारले बयानका लागि बोलाउँदा अटेर गरेर बस्न मिल्छ ? पत्रकार पाण्डेले प्रश्न गर्दै भन्नुभयो, ‘पूर्व अर्थमन्त्री तथा एमालेका नेता सुरेन्द्र पाण्डे खुरुखुरु अख्तियार पुगेर बयान दिन हुने । कनकमणि दीक्षितले बयान किन दिन नहुने ? कनकमणि दीक्षित पत्रकार हुँदैमा कानुनभन्दा माथि छन् ?’

कनकमणि दीक्षितले पत्रकारका नाममा अख्तियारविरुद्ध लागेको पाण्डेले आरोप लगाउनुभयो ।