काठमाडौं, १७ वैशाख । सद्भावना पार्टीका निलम्बित सांसद तथा पूर्व सहायक मन्त्री सञ्जय साहका विषयामा जनकपुरधाममा भइरहेको समस्याप्रति ‘मधेसी युथ थिङ्क ट्याक’का अध्यक्ष डा.विनय पञ्जियारले चिन्ता जनाउनुभएको छ ।
उहाँले अपील गर्दै भन्नुभएको छ, ‘सदियौँदेखि मिलेर बसेका जनकपुरबासीमा कुनै पनि प्रकारको तिक्तता आउनु हुँदैन । देखिएका समस्यालाई हामी आफै बसेर समाधान गर्नुपर्छ । सञ्जय साहका विषयमा हामी कोही पनि बिभाजित नबनौँ ।’ उहाँले सञ्जय साहका विषयमा जे गर्ने हो स्थानीयले मिलेर ठोस सहमति गर्नुपर्ने बताउनुभयो ।
जनकपुरका स्थानीयहरूको हत्या अभियोगमा प्रहरी हिरासतमा रहेका निलम्बित साहका विषयमा जनकपुरधामका स्थानीय पक्ष र बिपक्षमा उभिएका छन् । पक्ष र विपक्षमा उभिएका कारण जनकपुरधाममा तनाबको अवस्था उब्जिएपछि मधेसी युवा नेतासमेत रहेका डा.पञ्जियारले अवस्थालाई नियन्त्रण बाहिर जान नदिन सबैलाई अपील गर्नुभएको हो ।
‘सम्पूर्ण मधेसी एक जुट हुनु पर्छ । अदालतको कुरालाई लिएर बखेडा नगरौँ । एक जुट बनौँ । सामाजिक सद्भाव बनाइए राखौँ । मधेसको अधिकारका लागि सबै मिलौँ’, मधेसी युथ थिङ्क ट्याङ्कका अध्यक्ष डा.पञ्जियारले अपील गर्दै भन्नुभएको छ, ‘हामीभित्रको सबै कलहलाई अन्त्य गरौँ । समृद्धि र सबल मधेसको निर्माणमा जुटौँ । कसैका दास मानिसकतामा नबसौँ ।’
शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सक समेत रहेका डा.पञ्जियारले केही दिनअघि जनकपुरधाममा पुगेर समस्यालाई धेरै नबल्झाउन पहलसमेत गर्नुभएको थियो । सबै समुदायलाई मिलेर बस्न आग्रह गरेर आएको डा.पञ्जियारले उल्लेख गर्नुभयो ।












प्रतिक्रिया