१७ कार्तिक २०८३, मंगलबार

सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा जोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-Suchna

काठमाडौं, १६ वैशाख । विश्व प्रेस स्वतन्त्रताको पूर्व सन्ध्यामा मिडिया एक्सन नेपालले राजधानीमा आयोजना गरेको एक कार्यक्रमका सहभागीहरुले सूचनाको हकसम्वन्धी ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सकेमा जनताका आधारभूत अधिकार स्थापित हुनुको साथै तथा खोजमुलक पत्रकारिताको प्रवद्र्धन हुने बताएका छन् ।

सहभागीले जनताको विचार तथा अभिव्यक्ति स्वतन्त्रतलाई ग्यारेन्टी गर्न समेत सूचनाको हकको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानवअधिकार तथा पत्रकारको भौतिक एवं पेशागत सुरक्षाको क्षेत्रमा क्रियाशिल मिडिया एक्सन नेपालले काठमाडौ विश्वविद्यालय तथा युनेस्को काठमाडौ कार्यालयसँगको साझेदारीमा आयोजना गरेको कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्ण वहाहुर कार्कीले जनताको सूचनामा पहुँले प्रजातन्त्रको विकासमा योगदान गर्ने बताउँदै सही तथा तथ्य सूचना सम्प्रेषण गर्नु पर्ने वताउनु भयो । ‘मिडिया तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीका लागि सूचनाको हकको महत्वपूर्ण भूमिका हुन्छ,’ कार्कीले बताउनुभयो ।

मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त र युनेस्को काठमाडौ कार्यालयको सूचनाको हकसम्वन्धी परियोजनाका संयोजक जेवी विश्वकर्माले छुटाछुटै कार्यपत्र प्रस्तुत गर्नु भएको कार्यक्रममा काठमाडौ विश्वविद्यालय स्कुल अफ आर्टका डिन महेश वाँस्कोटा, मिडिया स्टडिज प्रोगामका संयोजक डा. निर्मणमणी अधिकारी, नेपाल टेलिभिजनका महाप्रवन्त्रक लक्ष्मण हुँमागाई लगायतकाले आफ्ना धारणा व्यक्त गर्नु भएको थियो ।

पन्तले सूचनाको हकलाई पत्रकारले खोजमुलक समाचार संकलनको प्रयोजनको लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा विस्तृतमा प्रकाश पार्नु भएको थियो । काठमाडौ विश्वविद्यालय स्कुल अफ आर्टसका डिन वाँस्कोटाले खोज पत्रकारिताको महत्ववारे प्रकाश पार्नु भएको थियो । कार्यक्रममा सहभागी विद्यार्थी तथा विज्ञहरुको विचमा सूचनाको हकको महत्वको विषयमा व्यापक अन्तक्रिया समेत भएको थियो ।

कार्यक्रममा करिव ६० जनाको सहभागिता थियो । हरेक वर्ष मे ३ को दिन विश्वभरी नै प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । नेपालमा पनि मिडिया एक्सन नेपालले मे ३ को दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन गईरहेको छ । यस वर्षको विश्व प्रेस स्वतन्त्रताको नारा सूचनामा पहुँच र आधारभूत स्वतन्त्रताः यो तपाईको अधिकार रहेको छ । सो अवसरले मिडिया एक्सन नेपालले विविध कार्यक्रमहरु आयोजना गरिरहेको छ ।