काठमाडौं, १६ वैशाख । भारतका लागि पोल्याण्डका राजदूत टोमस्जे लुकासजुक नेपाल आएका छन् ।
हाल काठमाडौंमा रहेका लुकासजुकले विहीबार कामु प्रधान सेनापति रथी बलदेवराज महतसंग जंगी अड्डामा शिष्टाचार भेटघाट गरेका छन् ।
उक्त अवसरमा सोही राजदूतावासमा कार्यरत नेपालका लागि गैह्र आवासीय सैनिक सहचारी कोल सलावमिर कोलट्नको समेत उपस्थिति रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
उक्त भेटघाटको क्रममा उनीहरुबीच पोल्याण्ड र नेपालबीचको डिफेन्स एण्ड टेक्निकल कर्पाेरेशन का विषयमा छलफल भएको थियो ।













प्रतिक्रिया