२५ कार्तिक २०८३, बुधबार

गोंगबुमा दिनदहाडै १८ वर्षीय युवकको हत्या गर्ने गधौली पाँच महिनापछि पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Gadhuliकाठमाडौं, १६ वैशाख । राजधानीमा १८ वर्षीय युवकको हत्या गरेर फरार एक पुरुषलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको छ ।

पाँच महिना अघि दिनदहाडै मारिएका गोंगबु-३ बस्ने धादिङ तिप्लिङका १८ वर्षीय युयन तामाङका हत्यारा नुवाकोटको दाङ्सिङ्ग ७ घर भई हाल टोखा बस्दै आएका २३ वर्षीय भेले भन्ने रमेश गधौलीलाई घटना भएको पाँच महिनापछि विहीबार गोंगबुको गणेशथानबाट पक्राउ गरिएको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।

गधौलीले गतवर्ष कात्तिक १९ गते गोंगबु–३ बानियाटार जाल्पा चोकमा बाटो छेकी युयन तामाङको टाउकोमा ईट्टा ढुंगा प्रहार गरी हत्या गरेर फरार भएका थिए ।

घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाहीका लागि गधौलीलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।