१७ कार्तिक २०८३, मंगलबार

पैसा र नियन्त्रित लागू औषधसहित एक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau chorमकवानपुर, १६ बैशाख । लागू औषधको कारोवार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं नारायणटार–६ बस्ने ३३ बर्षीय राजु श्रेष्ठलाई प्रहरीले नियन्त्रित लागू औषध डाईजेपाम १९ थान, फेनारगन १८ थान, नुरफिन २२ थान सहित तथा बारा बरैनिया–२ बस्ने ४२ बर्षीय बलिराम प्रसाद सराफलाई नगद १० लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

बीरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज ३५०० नम्बरको टाटा सुमो जिपलाई बुधबार रातमाटे चेकपोष्टमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त नियन्त्रित लागू औषध र नगद बरामद भएको होे ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।