२५ कार्तिक २०८३, बुधबार

अख्तियारलाई सर्वाेच्चको आदेश- दीक्षितलाई सोमबार अदालतमा उपस्थित गराउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

suprme_court_of_nepal

काठमाडौं, १६ वैशाख । सर्वाेच्च अदालतले साझा यातायातका अध्यक्ष एवं पत्रकार कनकमणि दीक्षितलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका दीक्षितलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै परेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सर्वाेच्चका कायममुकायम प्रधानसेनापति सुशीला कार्कीको एकल इजलासको इजलासले अन्तिम सुनुवाईका लागि दीक्षितलाई अदालतमा उपस्थित गराउन अख्तियारलाई निर्देशन दिएको हो ।

दीक्षितका तर्फबाट उनकी पत्नी शारदाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालतलगायतलाई विपक्षी बनाई रिट दायर गरेकी थिइन् ।

अख्तियारले नियन्त्रणमा लिएका दीक्षित रक्तचाप बढेपछि वीर अस्पतालमा उपचार गरिरहेका छन् । स्वास्थ्य अवस्था ठिक नहुँदा दीक्षित यसअघि विशेष अदालतमा उपस्थित हुन सकेका थिएनन् ।

उनलाई १० दिन हिरासतमा राख्न विशेष अदालतले अख्तियारलाई अनुमति दिएको थियो ।