काठमाडौं, १६ वैशाख । सत्तारुढ दल नेकपा एमालेका केन्द्रीय विभागहरुले महाधिवेशन भएको झण्डै एक वर्षपछि पूर्णता पाएका छन् ।
नवौ महाधिवेशन पछि तत्कालै पूर्णता पाउनुपर्ने विभागहरुले गुटगत विवादका कारण वर्षदिनपछि पूर्णता पाएका हुन् ।
चैत २७ देखि वैशाख ३ गतेसम्म बसेको केन्द्रिय कमिटीको छैठौ बैठकले विभागहरुलाई अन्तिम रुप दिन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठन गरेको कार्यदल र विभागीय प्रमुखको छलफलबाट ३१ वटा विभागहरुमध्ये १९ वटा विभागका सदस्यहरुको नाम टुंगो लगाएको एमालेले जनाएको छ ।
अन्य विभागहरुमा पनि सदस्य नियुक्तिको गृहकार्य भइरहेको र छिट्टै पूर्णता पाउने बताइएको छ ।
यसबारे विस्तृत जानकारी दिन कार्यदलले पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ ।
पार्टी स्कुल विभाग
केपी शर्मा ओली–प्रमुख,
शंकर पोखरेल–उपप्रमुख,
ईश्वरी रिजाल–सचिव,
सदस्यहरू : तत्त्व तिमल्सिना, गोविन्द सुवेदी, घनश्याम कोइराला, पुरुषोत्तम न्यौपाने, पेम्बा लामा, मीनबहादुर शाही, भीम कार्की, रामेश्वर राना, राजेन्द्र रावल, गोकुल बास्कोटा, डा. प्रेम दंगाल, डा. युवराज खतिवडा, डा. सरोज धिताललगायत २५ जना ।
उद्योग–वाणिज्य विभाग
मुकुन्द न्यौपाने–प्रमुख,
श्रीचन्द्र शर्मा–सचिव,
सदस्यहरूमा एल.पी साँवा, बलबहादुर तामाङ, बालकृष्ण शिवाकोटी, भीमलाल पौडेल, राजकिशोर यादव, दीपकप्रसाद देवकोटा, कल्पना योङहाङ, विश्वराज रेग्मी, मुक्तिराम पाण्डे, बालगोपाल थापा, यामबहादुर श्रेष्ठ, उद्धव केसी, रामबहादुर गुरुङ, राजेन्द्रमान श्रेष्ठ, भीमप्रसाद घिमिरे, धनराज आचार्य, खगेन्द्रराज जोशी, प्रेमप्रसाद पौडेल, भगीरथ सापकोटा, दीपक अधिकारी, डेकनाथ गौतम, गोपाल खनाल, विजय गुप्ता
स्वास्थ्य तथा जनसंख्या
सुजिता शाक्य–प्रमुख
रचना खड्का–उपप्रमुख
सदस्यहरू : डा. झलक गौतम, प्रा.डा. ऋतुप्रसाद बड्तौला, डा. गणेशबहादुर गुरुङ, डा. गोविन्द सुवेदी, डा. कृष्ण अधिकारी, डा. जागेश्वर गौतम, डा. विधान आचार्य, डा. मुकुन्द पन्थी, डा. बुद्धिमान श्रेष्ठ, प्रमिला देवान, तारा पोखरेल, अप्सरा पाण्डे, सरला केसी, चन्द्रकला सुब्बा, लक्ष्मी केसी, केदार पराजुली, रामविनोद महतो, बाबुराम भट्टराई, रामसुन्दर यादव, हरि कुँवर, चन्द्रबहादुर थापा
युवा तथा खेलकुद विभाग
कर्णबहादुर थापा प्रमुख,
सदस्यहरू दामोदर अर्याल, पीताम्बर तिम्सिना, महेश बस्नेत, केशव विष्ट, विजय राई, राजेश खाती, मीना श्रेष्ठ, नयन बोहरा, रिम रानाभाट, धनबहादुर तमाङ, विनोद मैनाली, सुरेश गौतम, दलबहादुर फडेरा, किशोर शर्मा पौडेल, महेश विष्ट, मोहन रेग्मी, नारायणराज आचार्य, कृष्णबहादुर थापा, मेघराज पौडेल, राजीव पहाडी, किशोरविक्रम मल्लसहित २५ जना ।
उपभोक्ता हित तथा सुशासन
घनेन्द्र बस्नेत–प्रमुख
गणेश पहाडी–उपप्रमुख
सदस्यहरू : ज्योति बानियाँ, सूर्यबहादुर थापा, रोहित दाहाल, मोहिनी खनाल, भानुहरि भण्डारी, अनारकली मिया, सुवासचन्द्र ठकुरी, रञ्जना माझी, लुमानसिंह विश्वकर्मा, फाल्गुनी शर्मा, टीकाराम गौतम, बाबुराम हुमागाईं, आनन्दराम यादव, केपी सापकोटा, विमल पोखरेल, प्रयाग खड्का, मैना अछामी, राधा महतलगायत २५ जना
संस्कृति विभाग
खगेन्द्र राई–प्रमुख
सदस्यहरू : लालकाजी लामा, केशव भट्टराई, भिक्टर प्रधान, पुष्प आचार्य, प्रा.डा. पारसमणि भण्डारी, सानु पहाडीलगायत २५ जना
न्याय तथा कानुन विभाग
रघुजी पन्त–प्रमुख,
डा. देउमान सम्बाहम्फे उपप्रमुख
सदस्यहरू : गोविन्द बन्दी, डा. चन्द्रकान्त ज्ञवाली, टीकाराम भट्टराई, रविनारायण खनाल, आङबाबु लामा, रुद्र नेपाल, कमल अर्यालसहित २५ जना
सदस्य टुंग्याउन बाँकी विभाग
नीति अनुसन्धान प्रतिष्ठान, वैदेशिक मामिला, संगठन, प्रचार तथा प्रकाशन, निर्वाचन, आर्थिक, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, कृषि तथा भूमिसुधार, सहरी तथा गरिवी निवारण, जलस्रोत तथा ऊर्जा, राष्ट्रिय सुरक्षा ।
















प्रतिक्रिया