२५ कार्तिक २०८३, बुधबार

अध्यक्ष दाहालले किन भने, ‘फेरि राष्ट्र संघको सहयोग चाहिन सक्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

un_cm_meet-073-01-16काठमाडौं, १६ वैशाख । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग संयुक्त राष्ट्र संघका एसिया तथा प्रशान्त क्षेत्र राजनीतिक विभागका निर्देशक सुविनय नन्दीले भेटवार्ता गर्नुभएको छ ।

काठमाडौंका लाजिम्पाटस्थित दाहाल निवासमा भएका भेटमा नेपालको वर्तमान परिस्थिति, शान्ति प्रक्रिया, संविधिान कार्यान्वयन, पुनर्निर्माणबारे छलफल भएको अध्यक्ष दाहालको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग पनि छलफल भएको थियो ।

नेपालको शान्ति प्रक्रियालाई पूरा गर्न के कस्तो सहयोग गर्नुपर्ला भन्ने निर्देशक नन्दीले जिज्ञासा राख्नुभएको थियो ।

अध्यक्ष दाहालले शान्ति प्रक्रियाका बाँकी काम सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमार्फत पूरा गर्नका निम्ति राष्ट्र संघको आवश्यक सहयोग चाहिन सक्ने धारणा राख्नुभएको थियो ।