१७ कार्तिक २०८३, मंगलबार

गौतम बुद्ध साझेदारी वन नमूना वन बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sajedari banकपिलवस्तु, १६ वैशाख । कपिलवस्तुको गौतम बुद्ध साझेदारी वन ठाकुरापुर नमूना वन बन्दै गएको छ । वनभित्र रहेका विभिन्न किसिमका बनस्पती संरक्षणमा रहेका छन् ।

वैज्ञानिक वन व्यावस्थापन प्राणलीआनुसार वन व्यास्थापन गरेपछि वन हरियाली र हराभरा बन्दै गएको छ ।

कपिलवस्तुको पश्चिममा रहेका १० भन्दा बढी गाविसका ५० हजार जनताले उपभोग गर्न पाउने यो वन सरंक्षीत भएपछि अहिले स्थानीय खुशी भएका छन् ।

सबैभन्दा बढी अतिक्रमणको जोखिममा रहेको वन साझेदारी भएपछि अतिक्रमणको चपेटाबाट बचेको वनका अध्यक्ष जनकी यादवले जनकारी दिए ।

गौतम बुद्ध साझेदारी वन ठाकुरापुरका सहयाक वन अधिकृत मौजेलाल पटेलले यो साझेदारी वन धैरे राम्रो वन भएको बताउनु भयो ।

उहाँले वनभित्र रहेका १६ हजार घरधुरीका व्याक्तिहरुले सरक्षण गरे मात्रा वन हाराभरा हुने, सबैले वनबाट फाइदा लिन सक्ने बताउनु भयो ।

वन क्षेत्रमा अतिक्रमित ६० हेक्टर क्षेत्रफल मध्ये २० हेक्टर क्षेत्रफलमा यो बर्ष बृक्षारोपण गरिने योजना रहेकोछ । अतिक्रमित वन क्षेत्रमा सफेदा, शाहगौन, सिसौ, खयर, अमला, बकाइनो, बर्राे रोप्ने योजना रहेकोछ ।

अहिले गुगौली गाविस विरनगरमा अतिक्रमित बन क्षेत्रलाई तारबार गरि सरक्षण गरिने पटेलले बताउनु भयो ।