३० आश्विन २०८३, शुक्रबार

नवीना बनिन् गोर्खाली फाउन्डेसनको सद्भावना दूत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nabina 1– विजय थापा

वाशिंगटन डिसी । अमेरिकाको राजधानी वाशिंगटन डिसीमा स्थापित गैर मुनाफा सामाजिक संस्था गोर्खाली फाउन्डेसनले अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नवीना बस्नेतलाई सद्भावना दूत बनाएको छ ।

सन् २००८ देखि अमेरिकामा रहँदै आएकी नवीनालाई सामाजिक सेवामा अतुलनीय काम गर्दै आएको गोर्खाली फाउन्डेसनको परियोजना तथा प्राप्तिलाई मुख्य प्रबर्द्धन तथा सद्भाव पुगाउनु सद्भावना दूत नियुक्त गरेको हो । गत हप्तादेखि बस्नेत सद्भावना दूत बनेकी हुन् ।

नयाँ सद्भावना दूत घोषणा भएपछि खुसी व्यक्त गर्दै बस्नेतले प्रतिष्ठानको प्रवर्द्धन गर्न कुनै कसर नछोड्ने बताइन ।