प्यूठान, १६ वैशाख । प्यूठान जिल्लामा दुई अलग–अलग स्थानमा भएका आगलागीबाट १० घर जलेर नष्ट भएका छन् ।
प्यूठान नगरपालिका–१६ आँपडाँडामा बुधबार लागेको आगोबाट दश घर जलेका हुन् । आगलागीबाट थुप्रै गोठ पनि जलेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आगो नियन्त्रणमा लिने क्रममा ३ जना स्थानीय घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।
सुख्खा मौसमका कारण घरमा आगलागी भएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको कुरुम्बाङले बताउनुभयो । (तस्बिर सौजन्य कमल गिरी)













प्रतिक्रिया