२५ कार्तिक २०८३, बुधबार

काठमाडौं आइपुगे देउवा, दिल्लीबाट फर्केर के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher-Bahadur-Deuba-3-450x320काठमाडौं, १५ वैशाख । पत्नी आरजु राणा देउवाको उपचारका लागि भारत गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएका छन् ।

वैशाख ६ गते भारत गएका देउवा पत्नी आरजुको अप्रेशन सफल भएपछि उनलाई आरामका लागि अस्पतालमै छाडेर स्वदेश फर्किएका हुन् ।

दिल्लीमा रहँदा देउवाले राजनीतिक भेटघाट पनि गरेका थिए । जसअन्तर्गत उनले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका थिए ।

स्वदेश फर्किएका देउवाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अब कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

उनले भने- ‘संसद आव्हान गरिएको छ । हामी विपक्षीको भूमिकामा उभिनेछौं ।’