१७ कार्तिक २०८३, मंगलबार

गुल्मीमा यसवर्ष सवारी दुर्घटनामा १६ जनाले ज्यान गुमाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tractor-Accident
फाइल तस्वीर

– अनिल खत्री
गुल्मी, १५ वैशाख । गुल्मी जिल्लामा आर्थिक वर्ष २०७२÷०७३ मा भएका सवारी दुर्घटनामा १६ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा एक वर्षको अन्तरालमा ९ वटा सवारी दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका हुँन । जिल्लाका बिभिन्न स्थानमा भएको दुर्घटनामा ३ वटा ट्याक्टर, ४ वटा जिप र २ वटा वस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्दा शाखाका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिनुभयो ।

जिल्लामा गत वर्षमा १२ वटा सवारी साधन दुर्घटना भएको थियो । गत वर्ष भएको सवारी दुर्घटनामा परि १३ जनाले ज्यान गुमाएका थिए भने ३३ जना घाइते भएका थिए । जिल्लामा अघिल्लो वर्ष भन्दा यो वर्षमा सवारी दुर्घटना कम भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।

सवारी दुर्घटना न्यूनिकरण गर्न जनचेतना मुलक कार्यक्रमहरु र मापसे नियन्त्रणमा चेकजाँचमा तिब्र पारे सगै गरे सगै जिल्लामा सवारी दुर्घटना न्यूनिकरण कम हुँदै गएको प्रहरी निरिक्षक यादवले जानकारी दिनुभयो । गुल्मी जिल्लामा केहि महिना यता सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्लाबाट छुट्ने सवारी साधनलाई टाइमकार्डको व्यवस्था गरिएको छ ।

बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न टाईमकार्ड सगै सवारी साधनलाई सवारी ध्वनी वडापत्र समेत लागु गरिएको छ । सवारी साधनमा चलाउनु अघि सवारी चालक र यात्रु महानुभावलाई सचेत वनाउँने उदेश्यले जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलको बिशेष पहलमा उक्त सवारी ध्वनी वडापत्र र टाईमकार्ड राखिएको थियो । टाईमकार्ड र सवारी ध्वनी वडापत्र लागु भएसगै वढदो सवारी दुर्घटना न्यूनिकरण गर्न बिशेष महत्व राख्ने प्रमुख जिल्ला अधिकारी कँणेलको भनाई छ ।