सल्यान, १५ वैशाख । सल्यानमा एकै घरका चार जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार छायाक्षेत्र ९ रानागाउँका रमेश खान ठकुरीको परिवारका चार जनाको सुतिरहेको अवस्थामा गएराति हत्या भएको हो ।
जसमा उनकी २३ बर्षीया श्रीमती सीता खान ठकुरी, छोरीहरु ३ बर्षीया पवित्रा खान ठकुरी र १ बर्षीया सविता खान ठकुरी र साली १८ बर्षिया गीता गिरी रहेका छन् ।
घटना राति भएपछि गाउँलेले विहान मात्रै थाहा पाएर प्रहरीमा खबर गरेका थिए । घटनास्थल पुगेको प्रहरीले शव संकलन गरी हत्या कसले र किन गरेको भन्नेबारे अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।













प्रतिक्रिया