बर्दिया, १५ बैशाख । बर्दियामा विहेमा गएकी एक बालिका बलात्कृत भएकी छिन् ।
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा सोरहवा– २ बस्ने २३ बर्षीय मिलन भन्ने अकबर बादीलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बादीले आइतबार राति सोही ठाउँ बस्ने १२ बर्षीया बालिकालाई छिमेकीको बिबाहमा गई घर फर्कने क्रममा जंगलमा लगेर जवरजस्ती करणी गरेका थिए ।
घटनाबारे पीडित बालिकाको आफन्तले मंगलबार प्रहरीलाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया