कुनै बेला पाकिस्तानबाट विमान भाडामा ल्याएर चलाउने दुबईका आज १ सय १५ वटा भन्दा बढी जहाज छन् । इमिरेट्स एयरलाइन्स, फ्लाई दुवई जस्ता ठूला एयरलाइन्स दुवईकै हुन् । दुवईमा अहिले २२ वटा त अन्तर्राष्ट्रिय विमानस्थल छन् । यहाँका विमानस्थलबाट प्रतिमिनेट ३० औं विमान उडान र अवतरण हुन्छन् । दुवईमा एकै पटक सयौं जहाज पार्क गर्न मिल्ने ठाउँछन् । तीन वटा त टर्मिनल भवन नै छन् । मेट्रो रेलले विमानस्थललाई सिटीसँग जोडेको छ । यात्रु लिन आउनेका लागि २० औं हजार गाडि पार्किङ गर्ने ठाउँ बनाइएको छ ।
पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउँदै लैजान सके नेपालले वार्षिक ६ करोड पर्यटक सजिलै भित्र्याउन सकिने देखिन्छ । उदाहरणका लागि ६० करोड भारतीय हिन्दू जीवनमा एक पटक पशुपतिनाथको दर्शन गर्न इच्छुक देखिन्छन् । त्यस्तै एक अर्ब बुद्धिष्ट मध्ये २५ प्रतिशतलाई मात्र लुम्बिनीमा ल्याउन सकिए पनि नेपालको कायापलट हुने निश्चित छ ।
तर पनि दुवई विमानस्थल भविष्यका लागि साँघुरो हुने भनेर सात वर्षअघि नै अलमक्तुम अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरियो । यो अहिले विश्वकै सबैभन्दा ठूलो विमानस्थल बनेको छ । दुवईको छिमेकी जिल्ला सारजाह र आवुधावीका आफ्नै भब्य विमानस्थल छन् ।
दुवई एयरपोर्टको कुरा सुन्दा र देख्दा नेपालीका लागि त्यो सपना जस्तै हुने गरेको छ । नेपालमा भएको एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थलको बेहाल अवस्था छ । एउटा मात्र धावन मार्ग भएको नेपालको अन्तर्राष्ट्रिय विमानस्थलको पिच पटक–पटक भत्किएर विमान उडान र अवतरणमा अवरोध आउँदा देशकै यात्रुलाई समस्या पर्ने मात्र होइन, संसारभर बेइज्जत पनि भएको छ ।
गरे जे पनि हुन्छ भन्ने उदाहरण प्रस्तुत गरिरहेको दुवईलाई हेर्दा नेपालमा पनि केही गर्न भने सकिने ठाउँ प्रसस्त छ । एउटै भए पनि त्यसलाई राम्रो विमानस्थलको रुपमा परिणत गराउने सकिने सम्भावना नदेखिएका होइनन् । तर सरकारी बेवास्ताको सिकार विमानस्थल नै बनेपछि नेपालमा आउने पर्यटकहरु ओर्लने वित्तिकै तर्सने गरेका छन् । विमानस्थललाई विस्तार गर्ने ठाउँ हुँदाहुँदै पनि सरकारले बेवास्ता गरिरहेको देखिन्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वी भाग भक्तपुरतिरको जमिन खाली गराएर पार्किङको व्यवस्था गर्ने सकिने छ । त्यसैगरी अर्को अन्तर्राष्ट्रिय विमान बनाउने स्थान हुँदाहुँदै पनि त्यसतर्फ बेवास्ता हुँदै आएको छ ।
तीन करोड जनसंख्या भएको मुलुक नेपालमा जम्मा दुई वटा बोइङ जहाज छन् । नजिकैको छिमेकी मुलुक भारतमा एक व्यक्तिका २ सय ५० वटासम्म बोइङ भएको सुनिँदै आएको छ । पर्यटन प्रवद्र्धनका लागि सरकारले जतिसुकै नारा लगाइरहे पनि पूर्वाधार विकासमा चासो नदेखाउँदा विदेशीले गरेको प्रगति टुलुटुलु हेर्नुको विकल्प नै देखिन छाडेको छ ।
पर्यटकीय सम्भावना बोकेको मुलुक नेपालमा विमानस्थल र विमानको राम्रो व्यवस्था हुन सके मात्र पनि मुलुकले ठूलो आम्दानी गर्न सक्ने देखिन्छ । सरकारको पर्यटक भित्र्याउने लक्ष्य अहिलेसम्म १० लाख कटाउन सकेको छैन । तर पूर्वाधार निर्माणलाई व्यवस्थित बनाउँदै लैजान सके नेपालले वार्षिक ६ करोड पर्यटक सजिलै भित्र्याउन सकिने देखिन्छ । उदाहरणका लागि ६० करोड भारतीय हिन्दू जीवनमा एक पटक पशुपतिनाथको दर्शन गर्न इच्छुक देखिन्छन् । त्यस्तै एक अर्ब बुद्धिष्ट मध्ये २५ प्रतिशतलाई मात्र लुम्बिनीमा ल्याउन सकिए पनि नेपालको कायापलट हुने निश्चित छ ।
तर अहिलेको पूर्वाधार हेर्दा नेपालीले धेरै लामो समयसम्म यही अवस्थामा गुज्रनुपर्ने देखिँदै गएको छ । पूर्वाधार निर्माण गर्नुपर्ने बेलामा नीति निर्माण र कार्यान्वयनको उच्च ओहोदामा बस्नेहरु नै कमिसन खान र सरकारी निकायमा आफ्ना मान्छे भर्ति गर्नमै व्यस्त देखिन्छन् ।
मुलुक सञ्चालन गर्नेहरु पटकपटक विदेश भ्रमणमा गइरहेका हुन्छन् । उनीहरुले विश्वका राम्रा र स्तरीय विमानस्थलको अवलोकन पनि गरेका हुन्छन् । तर नेपालको विमानस्थल पनि यस्तै बनाउनुपर्छ भन्ने सोच नै उनीहरुले राख्न सकेका छैनन् । यस्ता नेताबाट नेपालीले थप आशा गर्नु बेकार जस्तै भइसकेको छ । असक्षमहरुलाई हामी नेपालीले पटकपटक मत दिएर सत्ताको स्वाद चखाइसकेका छौं । अझै पनि उनीहरु सत्ताकै भोका देखिन्छन् र काम गर्ने जाँगरै देखाउन छाडेका छन् ।

नेपालीहरु सधैं परिवर्तनको पक्षमा छन् । तर नेतृत्वले जनताको मनसाय बुझ्न नसक्दा मुलुकले एउटा पनि गतिलो काम गर्न सकेको छैन । त्यसैले हामी जनता पनि देश बिगार्नेमा दोषी नै छौं । आगामी दिनमा नेता तथा सर्वसाधारणले आफ्ना गल्ती सच्याएर अगाडि बढ्ने प्रयास नगरे हामी नेपाली सधैं पिछलग्गु हुनुको विकल्प हुने छैन । केही नयाँ सोचौ र समय अनुसार वास्तविकता बुझेर देश विकासमा लागौं । सबै एकजुट भएर लागे असम्भव केही छैन भन्ने उदाहरण दुवईलाई हेरे पर्याप्त हुने छ ।
जोरपाटी, काठमाडौं
हाल : दुवई ।

















प्रतिक्रिया