२५ कार्तिक २०८३, बुधबार

सल्यानमा डढेलो निभाउने क्रममा आमा–छोराको जलेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

सल्यान, १५ वैशाख । सल्यान जिल्लामा वनमा लागेको डढेलो निभाउन गएका बेला आमा–छोराको जलेर मृत्यु भएको छ ।

बढ्दो गर्मीसंगै जंगलमा लागेको आगो नियन्त्रण गर्ने क्रममा शारदा नगरपालिका–११, हिवल्चाकी ४५ वर्षीया बालिका बस्नेत र उनका १२ वर्षका छोरा नवीन बस्नेतको जलेर मृत्यु भएको हो ।

घर नजिकैको जंगलमा लागेको डढेलो नियन्त्रणका लागि गएका उनीहरूको आगोमा जलेर मृत्यु भएको स्थानीय तुफानबाबु गिरीले जानकारी दिए । मंगलबार बेलुका पौने पाँच बजेतिर उनीहरूको डढेलोमा परी ज्यान गएको थियो ।

हिवल्चामा रहेको भैयादेवी सामुदायिक वनको १ सय ९८ हेक्टर क्षेत्रफलमा आगो लागेको र आगो नियन्त्रणका लागि स्थानीय क्रियाशील थिए ।