– कृष्ण ओझा
पाँचथर, १५ वैशाख । पाँचथर जिल्लाको हेवाखोलामा करेन्ट लगाई माच्छा मार्ने जालहारीलाई प्रहरीले पक्राउ गरी जरिमाना लिएर छाडेको छ ।
जिल्ला प्रहरी कार्यालयले सोमबार दीपन्द्र विश्वकर्मा, रमेश विश्वकर्मा, अर्जुन तिमल्सिना र जसबहादुर तामाङलाई पक्राउ गरेको थियो । उनीहरूसँग जनही २० हजार जरिमाना लिएर रिहा गरिएको हो ।
खोलामा करेन्ट लगाई माच्छामार्नेलाई जलचर संरक्षण ऐन २०१७ अनुसार जनही २० हजारका दरले जरिवाना लिइ छाडिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम घिमिरेले बताए ।
जालहारीले भारपा– ८ स्थित हेवाखोलामा करेन्ट लगाई माछा मार्ने गरेका थिए । सर्वसाधारणलाई खतरा हुने भएकाले जनगुनासाको आधारमा प्रहरीले पक्रउ गरिएको डीएसपी कृष्णप्रसाद कोइरालाले बताए ।












प्रतिक्रिया