२५ कार्तिक २०८३, बुधबार

यस्तो छ सशस्त्र प्रहरीका प्रमुख दुर्जकुमार राईको संक्षिप्त जीवनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Durjakumar Rai Apf AGP

काठमाडौं, १४ वैशाख । सरकारले कामु आईजीपी दुर्जकुमार राईलाई सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा नियुक्त गरेको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राईलाई महानिरीक्षक (आईजीपी) बनाएको हो । राई यसअघि कायममुकायम महानिरीक्षक थिए ।

अनियमितता गरी अकुत सम्पत्ति कमाएको भन्दै तत्कालीन प्रमुख कोषराज वन्तविरुद्ध अख्तियारले मुद्दा चलाएपछि सरकारले राईलाई कायममुकायम महानिरीक्षक बनाएको थियो ।

यस्तो छ राईको संक्षिप्त जीवनी:

नाम: दुर्जकुमार राई
दर्जा: सशस्त्र प्रहरी महानिरीक्षक
शैक्षिक योग्यता: एम.ए.
बाबुको नाम: रणबहादुर राई
आमाको नाम: धनदिपा राई
घर ठेगाना: भोजपुर दिल्पा कात्तिके नागी–४ घर भई हाल काठमाडौं कुलेश्वर
जन्म मिति: २०१८ । ०८ । ०१ गते
भर्ना मितिः २०४३ । ११ । ०३ गते

तालिम
प्रहरी अधिकृत विशेष तालिम, प्रहरी प्रशिक्षक कोर्ष, सामान्य प्रहरी प्रशासन, लागूऔषध नियन्त्रण, विशेष शस्त्र तथा युद्धकला लगायत स्वदेश तथा विदेशमा गरी विभिन्न १५ वटा व्यावसायीक तालिम हासिल गर्नुभएको । यी मध्ये पाँच वटा तालिमहरु युएसए, बंगलादेश, भारत र चीनमा गर्नुभएको ।

युएन मिसन

– युएन मिसन डार्फर – कन्टीन्जेन्ट कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह (डार्फर मिसनमा सेक्टर कमाण्डरको रुपमा समेत जिम्मेवारी निर्वाह)

– युएन मिसन हाइटी – कन्टीन्जेन्ट कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह

– कम्बोडिया मिसन – कन्टीन्जेन्ट कमाण्डरको रुपमा जिम्मेवारी निर्वाह

पदक तथा पुरस्कार

– सुप्रबल जनसेवा श्री (तृतीय), तेश्रो सार्क स्मृति, दुर्गम सेवा पदक लगायतका विभिन्न १४ वटा मान पदवी, अलंकार, पदकहरुबाट सुशोभित ।
– व्यावसायिक जिम्मेवारी निर्वाहकको क्रममा कार्यक्षेत्रमा उकृष्ट कार्य गरे वापत एक पटक तीन ग्रेड थप, अर्को एक पटक एक ग्रेड थप र दुई पटक नगद पुरस्कार प्राप्त ।
– विभिन्न प्रसंशा प्रत्र प्राप्त ।

प्रमुख भई कार्य गरेको

– सशस्त्र प्रहरी बल प्रधान कार्यालय प्रशासन विभाग, मानवश्रोत विकास विभाग, सीमा सुरक्षा विभाग लगायत सशस्त्र प्रहरी बलका बाहिनी, गण, तालिम केन्द्र भालुवाङ लगायतको कार्यालयहरुमा प्रमुख भई कार्य गर्नुभएको ।
– यसैगरी विभिन्न जिल्ला प्रहरी कार्यालय तथा क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर लगायतका कार्यालयहरुको प्रमुख भई कार्य गर्नुभएको ।

पदोन्नती :–

– नेपाल सरकार (मन्त्री परिषद) को मिति २०७३/०१/१४ गतेको निर्णयले कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षकबाट सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा हुनु भएको । उहाँ नेपाल सरकार (मन्त्री परिषद) को मिति २०६८/०७/१७ गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुनु भएको थियो ।

स्थानान्तरण:
– तत्कालीन श्री ५ को सरकार (मन्त्री परिषद) को मिति २०५८÷०१÷०४ गतेको निर्णयले नेपाल प्रहरीबाट सशस्त्र प्रहरी बल तर्फ स्थानान्तरण हुनु भएको ।

भ्रमण :
युएसए, जापान, कोरिया, कम्बोडिया, सुडान, चिन, हाइटी, बंगलादेश, भारत लगायत युरोपका अधिकांस राष्ट्रहरुको भ्रमण गर्नुभएको ।

अन्य:
– अन्तर्राष्ट्रिय स्तरको भलिबल खेलाडी समेत रहिसक्नु भएका ।
– भ्रमण तथा अध्ययनमा रुची ।