– विकाश पराजुली
बुटवल, १४ वैशाख । बुटवलमा अवस्थित लुम्बिनी अञ्चल अस्पताल अञ्चलका छ वटै जिल्लाका विरामीहरु आउने गर्दछन् ।
अस्पताल प्रशासनका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले दिएको जानकारी अनुसार दैनिक छ सय देखि १२ सय विरामीहरु आउने गर्दछन् भने अस्पतालमा २७ जना डाक्टरको दरबन्दी रहेको छ । सरकारी डाक्टर भनेपछि दक्ष र अनुभवी हुन्छन् भन्ने कुरा आम नागरिकमा जरो जस्तै गडेको कुरा हो । सरकारी अस्पतालहरुमा डाक्टरहरुको छनौट पनि यदि राजनीतिक चलखेल भएन भने राम्रै तरवबाट अनुसार हुन्छ ।
सरकारी अस्पतालमा डाक्टरहरु राम्रा हुन्छन् भन्ने आम नागरिकहरु मनमस्तिष्कमा बसेको मौकाको फाईदा छोप्दै अस्पतालको सटर र सामान्य ५० मिटरको सेरोफेरोमा झण्डै डेढ दर्जन डाक्टरहरुले अञ्चल अस्पतालको नाम बेचेर निजी क्लिनीकहरुलाई आम्दानीको स्रोत बनाउँदै आएको पाईएको छ ।
बाहिर क्लिनीकमा बस्नु कुनै आपत्तीजनक विषय होईन तर अस्पतालको नाम बेचेर बाहिर बस्नु अनि अस्पताल भित्रको बिरामीलाई फलानो क्लिनीकमा आउनु भए पनि हुन्छ म त्यता पनि हेर्छु भनेर प्रचार गर्नु सोह्रै आना गलत भएको सर्वसाधारणहरुको भनाई छ । यसरी नाम बेचेर निजी क्लिनीकमा बसेका डाक्टरहरुको नाम अञ्चल अस्पताल सँग जोडिएर आएपछि बिरामीहरु अञ्चल अस्पतालको ढिलासुस्ती र भिडभडका देखेपछि डाक्टर साप बस्ने निजी क्लिनीक तर्फ अपचार्थ जाने गरेको पाईएको छ । त्यही गरिबले एक–एक पैसा गरेर पेटकाटी काटी बचाएर तिरेको करबाट सरकारी तलब खाने अनि सरकारी अस्पतालको नाम बेचेर फेरी बाहिरको क्लिनीकमा बसेर त्यही गरिबको ढाड सेक्ने डाक्टरहरुको शैली परिश्रम गरेकै भए पनि नाम बेचेर कमाउनु भनेको लुटकै शैली भएको स्थानियहरुको भनाई छ ।
त्यसमा पनि आश्चर्यको कुरा के छ भने बरिष्ठ डाक्टरमा गनिने श्रीधर आचार्य, बढुवा भएका पुष्पराज जोशी, विष्णु शर्मा लगायतका डाक्टरहरु र बढुवा हुनको लागि तयारी अवस्थामा रहेका भुवन पौडेल, सकुन्तला गुप्ता लगायतका डाक्टरहरुले पनि सरकारी नाम बेच्नु भनेको आफ्नै कार्य प्रति विश्वास नहुनु र आफैमा अविश्वासको वातावरण सृजना गरेको अस्पतालका केही अधिकारीहरुको भनाई छ ।
यसरी बिरामीहरु अञ्चल अस्पातल छोडर बाहिर उपचारको लागि जाँदा अञ्चल अस्पातालमा पाईने १० रुपैयाँ टिकटलाई क्लिनीकमा चार सय देखि पाँच सय सम्म तिर्नु पर्ने र ल्याब लगायतका अन्य सेवाको लागि पनि उत्तिकै महङ्गो मूल्य तिर्नु पर्ने बाध्यतात्मक स्थिती सृजना भएको छ । भित्र उही डाक्टरबाट १० रुपँयामा उपचार हुने बाहिर चार/पाँच सय तिर्नु परेपनि भित्र भन्दा बाहिर डाक्टरहरुले राम्रो उपचार तथा परामर्श दिन्छन् भन्ने कुराको जताततै विगविगी भएको थाहा पाएर आफु अञ्चल अस्पतालको डाक्टर बस्ने क्लिनीकमा आएको एक बिमारीले बताए ।
यसरी डाक्टरहरुले अञ्चल अस्पताललाई चारो बनाएर निजी क्लनीकमा बस्दा अस्पतालका डाक्टरहरु बस्ने निजी क्लिनीकहरु खचाखच हुन थालेका छन् । यसरी अञ्चल अस्पतालको डाक्टरहरुले अस्पतालको नाम जोडेर प्रचार गरेपछि ।
त्यही अस्पतालको सटरमा चर्को भाडा तिरेर क्लिनिक खोलेकाहरु आफुहरु तिनै डाक्टरहरुबाट पीडित भएको बाहिरी डाक्टरहरु बस्ने क्लिनीकका सञ्चालकहरुको भनाई छ । उनिहरुले यदि अञ्चल अस्पतालका बिमारीहरु बाहिर बोलाएर उपचार गराउँदै जाने हो भने भित्र त बेडरेस्ट गर्ने मात्र बिरामी हुन्छन् त्यसो भए पछि ठुलो लगानी गरेर सञ्चालनमा ल्याईएको अञ्चल अस्पतालको के महत्व नै रहयो र ? नाम जोडेर सञ्चालन भएका क्लिनीकहरुबाट जोडिएको नाम हटाउन अस्पताल प्रशासनले कदम चाल्नु पर्ने बताउँछन् ।
डाक्टरहरुले यसरी नाम बेचेर एकलौटी गर्नु भनेको अन्य क्लिनिक तथा फार्मेसी प्रतीको हेपाह प्रवृती नै भएको र हामी सरकारी डाक्टर हो कस्लेनै के गर्छ र भन्ने डाक्टरहरुको अहमता भएको उनीहरुको दाबी छ ।
क्र.सं. डाक्टरको नाम निजी क्लिनीकको नाम होर्डिङ्ग बोर्डमा गरिएको प्रचारको शैली:














प्रतिक्रिया