हुम्ला, १४ वैशाख । हुम्लामा कपाल दुख्ने र ज्वरो आउने लक्षण देखिने ‘अज्ञात रोग’बाट हुम्लामा दुई सातायता १६ जनाको मृत्यु भएको छ ।
मदाना, राया र स्याडा गाविसमा मृत्यु भएकाहरू ५० वर्षमाथिका छन् । रोडिकोट, सायाँ, बराइ, मेल्छाममा, कालिका मैलालगायत गाविसमा पनि रोग फैलिएको छ । कयौं बिरामी छन् ।
स्याडा गाविसको वडा नम्बर ३ का हासु घकरी, ४ का जगते रोकाया र लालमती बुढा, ५ का भद्रवीर बुढा, भोटी बुढा, भ्याल्नी रोकाया र ढोली बुढाको मृत्यु भएको हो ।
राया–२ का सर्व्जित रावल, ४ का रिउली रावत, ५ का विष्णु रावल, ६ का हीरा रावल र शिरे रावल, ८ का जग रावल र चीनकली रावलको ज्यान गएको छ ।
मदाना गाविसमा २ को मृत्यु भएको छ । स्याडा गाउँबाट सदरमुकाम पुगेका सैपाल निमाविका शिक्षक रामप्रसाद भुसालले गाउँमा रोग फैलिए पनि बिरामीले बेलैमा औषधि उपचार नपाएकाले मृत्यु हुनेको संख्या बढिरहेको बताए ।













प्रतिक्रिया