१७ कार्तिक २०८३, मंगलबार

मोरङमा अचानक फायरिङ, भरुवा बन्दुकसहित अर्याल पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gun-baruwaमोरङ, १४ बैशाख । मोरङमा मंगलबार विहानै अचानक फायरिङ भएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पथरी शनिश्चरे नगरपालिका–८ स्थित पथरी सानेपोखरी बीच जंगलमा फायरिङको आवाज आएको थियो । फायरिङको खबर पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मंगलबार विहान जंगल सर्च गर्दा सोही ठाउँ बस्ने ४० बर्षीय राम अर्याललाई लोड गरेको भरुवा बन्दुकसहित फेला पारेपछि पक्राउ गरेको छ ।

उनी सिकार खेल्न हतियारसहित जंगल गएको हुनसक्ने अनुमान प्रहरीको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।