काठमाडौं, १३ वैशाख । सत्यदेवी ४ धादिङका बिरन तामाङ गत पौषदेखि ब्लड क्यान्सरबाट पीडित भई हाल सिभिल अस्पताल मिनभवनमा उपचार गराइरहेका छन् ।
उनको उपचारका लागि करिब ३० लाख रुपैया लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आर्थिक अवस्था कमजोर तामाङका उपचारका लागि मानविय सेवामा समर्पित व्यक्ति तथा संस्थाहरुबाट सहयोग आउने क्रम जारी छ ।
सोही क्रममा ल्हाप्साङकर्पो म्यूजिक परिवारको संयोजनमा सत्यदेवी-दार्खा एकता समाज कतारबाट १ लाख ५२ हजार आठ सय दश रुपैयाँ प्राप्त भएको छ । सो रकम माथि ल्हाप्साङकर्पो म्यूजिक परिवारको तर्पबाट १० दश हजार थप गरि जम्मा रु १ लाख ६२ हजार आठ सय १० रुपैया क्यान्सर पिडित तामाङलाई हस्तान्तरण गरेको छ ।
सहयोग रकम तामाङ डाजाङ राष्ट्रिय मासिकका सम्पादक इन्द्र तामाङ, ल्हाप्साङकर्पो म्यूजिकका सल्लाहकार एवं हाँस्यकलाकार जोङबा कान्छा र प्रोपाइटर एवं निर्देशक रोशन फ्युबाले संयुक्त रुपमा आज बिहान अस्पताल नजिकै रहेको उहाँकै कोठामा हस्तान्तरण गरिएको हो ।













प्रतिक्रिया