काठमाडौं, १३ वैशाख । २०७३ वैशाख १० गते कनकमणि दीक्षित पक्राउ परेपछि एमाओवादीमा निकै ठूलो हल्लीखल्ली भएको खबर छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दीक्षितसँगै बयानमा बोलाइएका एमाओवादी नेता कृष्णबहादुर महरालाई कुनै पनि बेलामा पक्राउ गर्नसक्ने भन्दै त्रास उत्पन्न भएको हो ।
महराले २० वर्ष पढाउँदा एक लाख कमाएको तर १० वर्ष राजनीति गर्दा एक करोड बैंक ब्यालेन्स भएको स्वीकार गरेका छन् । उनले दाङमा नयाँ घर बनाएको पनि स्वीकारेका छन् ।
सन्तुलित नेता महरा आर्थिक मामलामा भने एमाओवादीमा निकै विवादित बनेका छन् । चीनसँग विशेष सम्बन्ध रहेका महराले अख्तियारले बयानमा बोलाएपछि अख्तियारबाट बच्नको लागि भन्दै हाल भारततिर बढी लहसिएको चर्चा एमाओवादीमा चलेको छ ।
माओवादी एकतामा सबैभन्दा बढी सक्रिय महरा यसपटक त्यति धेरै नखट्नुको रहस्य भने बुझ्न नसकिएको एमाओवादी निकटका एक पत्रकारले आश्चर्य प्रकट गरे । साँघु साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया