१७ कार्तिक २०८३, मंगलबार

अखिल नेपाल सेक्युरिटी मजदुर संघ प्रदेश नम्बर ७ को अध्यक्षमा भण्डारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Akhil-majdoor-supa

धनगढी, १३ वैशाख । एमाओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघको पेसागत संघ अखिल नेपाल सेक्युरिटी मजदुर संघ प्रदेश नम्बर ७ को प्रथम ऐतिहासिक सम्मेलन कैलालीको अत्तरियामा सम्पन्न भएको छ ।

सोमबार सकिएको सम्मेलनले कमलेश भण्डारीको नेतृत्वमा १५ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा नैनसिंह बोहरा र टिकादत्त जोशी निर्वाचित भएका छन् । सचिवमा धनबहादुर चन्द, सहसचिव कृष्णबहादुर शाही र कोषाध्यक्ष सिता पन्छाडी रहेका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै सेक्युरिटी मजदुर संघका केन्द्रीय अध्यक्ष घनश्याम ठकुरी, ट्रेड युनियन महासंघका प्रदेश नम्बर ७ का अध्यक्ष नरहरीनाथ योगी र उपाध्यक्ष जगदिश सेठीले निर्वाचित मजदुर संघ प्रदेश नम्बर ७ का पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै मजदुरको कर्तव्य नर्बिसन आग्रह गरे ।

Akhil-majdoor-supa-1

उनीहरुले मजदुरको लागि आफूहरु लड्ने भन्दै अधिकार स्थापित गरेरै छाड्ने उदघोष पनि गरे । ट्रेड युनियन महासंघका प्रदेश नम्बर ७ का अध्यक्ष नरहरीनाथ योगीले आगामी वैशाख १९ गते पर्ने १२७ औं अन्तर्राष्ट्रिय मई दिवसका दिनबाट समपूर्ण मागहरु पुरा नगरे आन्दोलन गर्ने चेतावनी दिए । उनले भने- ‘सरकारले मजदुरको तलबमा १७०० ले बृद्धि गरेको छ । यो १९ गतेबाट लागु हुनुपर्छ नभए आन्दोलनको आधिबेहरीबाट लागु गराएरै छाड्छौं ।’

हालसम्म दलाल र पुँजीपति वर्गले श्रम शोषण गरेको भन्दै त्यसलाई पनि आन्दोलनबाटै अन्त्य गर्ने उनको भनाई थियो ।