८ कार्तिक २०८३, आइतबार

असी करोडको सुन र हिरा किन लुकायो प्रहरीले ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, १३ वैशाख । धनगढी बसपार्कस्थित एसएस कलेक्सन सेन्टरको सटरमा लुकाएर राखेको बहुमूल्य हिरा र सुन प्रहरीले बरामद गरेको छ ।

सूचनाका आधारमा डोटीका शंकर भुललाई नेपालगञ्जबाट पक्राउ गरेपछि उनले लुकाएर राखेको उक्त बहुमुल्य पत्थर धातु बरामद गर्न प्रहरी सफल भएको हो ।

प्रहरीले उक्त पसलको सटरको कभरमा लुकाएर राखिएको २ पोको हिरा र सुन बरामद गरेको प्रत्यक्षदर्शी व्यापारीले बताएको नागरिक दैनिकले समाचार छापेको छ । प्रहरीले भने यो घटनाबारे केही जानकारी नदिएर गोप्य राख्न खाजेको छ ।

प्रहरीले शनिबार तयारी मुचुल्कामा ४ स्थानीय व्यापारीलाई हस्ताक्षर गराएको थियो । ‘करिब ६ इन्च चौडाइ र ६ इन्च लम्बाइ भएका २ पोका प्रहरीले बरामद गरेको हो’, मुचुल्कामा हस्ताक्षर गर्ने छिमेकी पसलका व्यापारी जनक पुजाराले बताए ।

प्रहरीले पोका फुकाएर सबै सामान नदेखाएको ती व्यापारीले बताए । मुचुल्कामा सेतो पत्थर, पहेलो धातु, चुरा २ थान, सिक्री औँठीलगायतका साभाग्री लेखिएको पुजाराले बताए ।

हस्ताक्षर गर्ने अर्का व्यापारी गोपाल पौडेलले स्थानीय एक व्यक्तिले ती सामाग्रीको मोबाइलले खिचेको फोटा मेटाउनलन लगाएको बताए ।

एकिन नभएपनि करिब ८० करोड रुपैयाँबराबरको हिरा सुन प्रहरीले फेला पारेर लगेको स्थानीय व्यापारीले बताएका छन् ।