प्यूठान, १२ वैशाख । मच्छीमा भएको आज अपराह्न भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
बागदुलाबाट खुङ जाँदै गरेको जिप ओखरकोट-६ लामासेरामा दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठोरले जानकारी दिए ।
मृत्यु हुनेमा खुङ-७ का ४५ वर्षीय जनक जिसी र ४६ वर्षीय जगत जिसी रहेको प्रजिअ रामबहादुर कुरुङवाङले जानकारी दिए ।
दुर्घटनामा परी नौ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको स्थानीय शिक्षक नारायण जिसीले बताए ।
चालकको अनुभवको कमी र दुर्घटनास्थल उकालो भएकाले दुर्घटना भएको अनुमान गरिएको छ । रासस













प्रतिक्रिया