जापान । नेकपा एमालेको भातृ संगठन प्रवासी नेपाली मञ्च जापानले यही मे १ तारिकका दिन विश्व मजदूर दिवस मनाउने भएको छ ।
बिगतका वर्षहरूमा जस्तै यो वर्ष पनि मे दिवसको साथमा नेपालको वर्तमान राजनीतिक परिस्थितिबारे अन्तरक्रिया गर्ने प्रवासी नेपाली मञ्च जापानले जानकारी दिएको छ ।
उक्त कार्यक्रमलाई एमालेका सचिव तथा संगठन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, बैकल्पिक केन्द्रीय सदस्य राजन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
जापानको टोकियोस्थित इकेगामी हलमा हुने उक्त कार्यक्रममा उपस्थितीको लागी प्रवासी नेपाली मञ्ज जापानले सबैलाई अनुरोध गरेको छ ।















प्रतिक्रिया