१७ कार्तिक २०८३, मंगलबार

चार स्थानमा, चार शीर्ष नेताबाट पुनःनिर्माण शुभारम्भ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli-1काठमाडौं, १२ वैशाख । सरकारले भूकम्प गएको एकवर्षको स्मरण गदै क्षतिग्रस्त ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरु पुनः निर्माणको काम विभिन्न चार स्थानबाट सुरु गर्ने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा सोमबार विहान प्रधानमन्त्री केपी ओलीले एतिहासिक सम्पदा पुननिर्माणको सुरुवात अनन्तपुर मन्दिर स्वयम्भूको पुनःनिर्माण शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, पाटन दरवार क्षेत्रमा रहेको मणिमण्डपको पुनःनिर्माण शुभारम्भ पूर्वप्रधानमन्त्री तथा एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले गर्नुहुनेछ भने वंशगोपाल मन्दिर, हनुमानढोकाको पुननिर्माण नेपाली काग्रेसका नेता रामचन्द्र पौडेल शुभारम्भ गर्नुहुनेछ ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष तथा सासंद नारायणमान विजुक्छेले भक्तपुरको फसि देगः मन्दिर र याला गेटको जिर्णोद्धारको पुनःनिर्माण शुभारम्भ हुनेछ ।

भूकम्पबाट क्षति भएका एतिहासिक तथा पुरातत्विक सम्पदाको पुर्ननिर्माणको कार्य सोमबार चार स्थानमा नौ बजे एकैपटक प्रधानमन्त्री तथा पार्टीका शीर्ष नेताहरुले सुभारम्भ गर्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

चार स्थानबाट पुनः निर्माणको सुभारम्भपछि ११ बजे भृकुटीमण्डपमा प्रधानमन्त्री ओली तथा प्रमुख राजनीतिक दलका नेताहरुको उपस्थितिमा गत एकवर्षभित्र नेपालमा भएका पर्यटन क्षेत्रका सकारात्मक घटना, तस्वीरहरु तथा भिडियो क्लिपको प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ ।