८ कार्तिक २०८३, आइतबार

बालकृष्ण ढुङ्गेलले अब उन्मुक्ति नपाउने, यसरी परे फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Balkrishna Dhungelकाठमाडौं, १२ वैशाख । ओखलढुंगा, पोकली–२ लेतीका उज्जन श्रेष्ठको हत्या मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका बालकृष्ण ढुंगेललाई पक्राउ गर्न बाटो खुलेको छ ।

सर्वोच्चले ढुंगेलको फैसलाको पूर्णपाठ सरकारलाई पठाएपछि कार्यान्वयन गर्ने बाटो खुलेको नागरिक दैनिकले समाचार छापेको छ ।

यसअघि प्रहरी र फैसला कार्यान्वयन गर्ने निकायले फैसला भएको जानकारी आधिकारिक रुपमा नपाएको भन्दै आएका थिए ।

फैसला भएको चार महिनापछि सर्वोच्चले पूर्णपाठ तयार गर्दै सरकार र अन्य निकायलाई पठाएको हो ।

सर्वोच्च अदालतले पटक पटक व्यक्ति हत्यामा संलग्न रहेको ठहर गरी फैसला कार्यान्वयन गर्न भने पनि प्रहरी प्रधान कार्यालयले भने अन्य निकायलाई देखाउँदै पन्छाएको थियो । तर, अब फैसलाको पूर्ण पाठ उपलब्ध गराएपछि कार्यान्वयनमा जानुको विकल्प सरकारसँग छैन ।

व्यक्ति हत्या आरोपमा दोषी ठहर भएका ढुंगेलको मुद्दा कार्यान्वयन माग गर्दै सावित्री श्रेष्ठले दिएको निवेदनमा फैसला गर्दै सर्वोच्चले उनलाई उन्मुक्ति दिन नमिल्ने भनेको थियो ।