काठमाडौं, ११ वैशाख । सत्ता साझेदार दल एमाओवादीका पूर्व जनमुक्ति सेनाका कमाण्डरसहित १०८ जना शनिबार एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेको अछाम रामारोशनमा भएको इलाका स्तरीय कार्यक्रमबाट एमाओवादी पार्टी छाडेर पूर्व जनमुक्ति सेनाका बृगेड कमान्डर रमेश रोकायासंगै १०८ जना नेकपा एमाले मा प्रवेश गरेका हुन् ।
द्वन्द्वकालमा माओवादीको आधार इलाका भनेर चिनिने रामारोशन अब नेकपा एमाले को आधार इलाका भएको नेकपा एमाले अछामका जिल्ला कमिटी सदस्य मान बहादुर गिरीले जानकारी दिए ।
उनका अनुसार प्रमुख अतिथिकाका रुपमा नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री भिम रावल जाने कार्यक्रम भएता पनि हेलिकप्टर हवाहुरिका कारण ल्याण्ड गर्न नसक्दा मङलसेनबाटै फोन रेकर्ड सम्बोधन गरि कार्यक्रम भब्यरुपमा सम्पन्न भएको थियो ।












प्रतिक्रिया