काठमाडौं, ११ वैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि गम्भीर आरोप लागेको छ ।
उनलाई एमाओवादी परित्याग गरेका नेता हेमन्त प्रकाश ओलीले ‘डरपोक’को संज्ञा दिएका हुन् ।
राजधानीमा आयोजित माओवादीहरुको ध्रुवीकरण प्रश्न विषयक अन्तरक्रिया कार्यक्रममा कम्युनिष्ट न्यु कलस गठन गरेका नेता हेमन्त प्रकाश ओलीले भने- ‘प्रचण्ड भनेको डर पोक हुन् । जनयुद्धकालमा दुश्मन आयो भनेपछि भकारीभित्र हल्लिन्थे । अहिले प्रचण्ड पनि हेगको पासो देखेर डराईरहेका छन् ।’
कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता हरिभक्त कंडेलले सिद्धान्त निष्ठ एकताको पक्षमा हुनेहरु कुनैपनि हालतमा एमाओवादीमा नजाने भन्दै मन्त्री पद खान हतार भएकाहरु र आन्दोलनबाट विचलितहरु एमाओवादीसँगको एकताको लागि हतारिरहेको दाबी गरे ।













प्रतिक्रिया