१७ कार्तिक २०८३, मंगलबार

काठमाडौंमा एकैदिन दुई जनाको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Death-body-1काठमाडौँ, ११ वैशाख । राजधानीमा शनिबार दुई जना मृत फेला परेका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ महानगरपालिका–६ बौद्ध सृजनाटोल बस्ने झापा धुलावारी–५ घर भएका ४५ बर्षीय सन्जु कुमार चौलागाई शनिबार सोही ठाउँको घरको पेटीमा मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौँ महानगरपालिका–११ थापाथली राममन्दिर पिपलबोट अगाडी बस्ने ३६ बर्षीय श्याम श्रेष्ठ शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै काभ्रे देउपुर सल्लेबास–७ मा खोटाङ घर भई ज्यामी काम गरी हिड्ने ४० बर्षीय दिपक भन्ने पुरुष व्यक्ति पनि शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।