१७ कार्तिक २०८३, मंगलबार

जाजरकोटमा काट्दै गरेको रुखले लियो ज्यान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

treeजाजरकोट, ११ वैशाख । जाजरकोटमा रुखले च्यापिएर एक जनाको ज्यान गएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काट्दै गरेको रुखले च्यापेर भेरीमालिका नगरपालिका–५ बस्ने ३४ बर्षीय कृष्ण रोकायको मृत्यु भएको छ भने २२ बर्षीय अर्जुन रोकाय घाइते भएका छन् ।

शुक्रबार राति स्थानीय पिप्लेरी सामुदायिक बनमा चोरी गरी रुख काट्ने क्रममा रुखले च्यापीएर घाइते भएका दुवै जनालाई मेडिकल कलेज कोलहपुर लगिएकोमा कृष्ण रोकायको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।