काठमाडौँ, ११ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन जस्तो पंहेले धातु फेला परेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार जेइटी एयरको ९ डव्लु २६३ उडानद्धारा दिल्ली जान लागेका पासपोर्ट नम्वर एए ६३५१३८६ वाहक भारतीय मुलका थाईल्याण्ड नागरिक ५८ बर्षीय अरुन्द्र कुमार अवालेलाई प्रहरीले ७ सय ५२ ग्रामको सुन जस्तो पंहेले धातु (वाला ४ थान) सहित पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा शनिबार प्रहरीले अवालेको हेण्ड व्यागेज चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त सुनजस्तो पंहेलो धातु बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।













प्रतिक्रिया