जर्मनी । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल जर्मनीमा विस्तार भएको छ ।
शनिबार फ़्रैंकफ़र्टको ग्योथे विश्वविद्यालयको कन्फरेन्स हलमा सम्पन्न प्रथम भेलाले पवन लामिछानेको संयोजकत्वमा नयाँ शक्ति जर्मनीको २३ सदस्सीय अन्तरिम परिषद् घोषणा गरेको हो ।
भेलामा जर्मनीका सबै जसो मुख्य शहरहरुबाट (बर्लिन, ह्यामबर्ग, म्युनिख, क्लोन) प्रतिनिधिहरुको सहभागिता थियो । भेलालाई पुर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका केन्द्रिय सयोजक डा. बाबुराम भट्टराईद्वारा स्काइप मार्फत सम्बोधन गरिएको थियो ।
संयोजक चयन भएका लामिछानेले जर्मनी कार्ल मार्क्सको मातृभूमि भएकोले मार्क्सबाद र नेपालको समसामयिक राजनीतिको बारेमा छोटो मन्तब्य दिँदै ‘जसरी मार्क्सले फ्रेन्च समाजवाद, बेलायती अर्थशास्त्र तथा जर्मन दर्शनशास्त्रको मिश्रणबाट त्यो काल खण्डलाई मध्यनजर गर्दै मार्क्सबादको बिकास गरे, तेही मर्म अनुसार अहिले उपलब्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तथ्य र अनुभवको आधारमा परिस्थितिको माग अनुसार नेपालको लागि नयाँ शक्तिको जन्म भएको’ भन्नुभयो ।
भेलामा नयाँ शक्ति बेलायतका संयोजक भोला काफ्लेको पनि सहभागिता थियो ।
अन्तरिम परिषदका सदस्यहरुको नामावली:
पवन लामिछाने – Frankfurt
सानुभाई अधिकारी- Limburg (Lahn)
मोहम्मद जावेद अख्तर – Berlin
घनश्याम कुँवर – Gotha
बिनय बिस्ट – Berlin
महेश श्रेष्ठ – Kiel, Hamburg
शेर राई – Nürnberg
टोप लाल पान्डे – Uelzen, Hamburg
गोकर्ण पुरुष ढकाल – Berlin
किरण अधिकारि – Bremen
प्रभात किरण गेलाल – Berlin
लिला अधिकारी – Elz, Hessen
निरेश ढकाल – Magdeburg
रबिन्द्र उप्रेती – Munich
भानु भक्त खरेल – Kiel, Hamburg
समिर कुमार श्रेष्ठ – Frankfurt
कृष्ण घिमिरे – Nürnberg
थम प्रकाश छन्त्याल – Hamburg
सिमल धिमाल – Cologne
रबिन महर्जन – Frankfurt
जीवन ढकाल – Frankfurt
ललित सिंह – Munich
धर्मराज रानाभाट – Düsseldorf















प्रतिक्रिया