३० आश्विन २०८३, शुक्रबार

प्रवासी नेपाली युवा समाजको भित्तेपात्रो बिमोचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Parbasi-baharine– राजु पहारी
बहराइन । रोजगारीको सिलसिलामा बहराइन बस्दै आएका युवाहरुको साझा संगठन प्रबासी नेपाली युवा समाज तथा बचतको बार्षिक भित्तेपात्रो बिमोचन गरिएको छ ।

सन २०१२ मा स्थापित समाजले आज बहराइनस्थित शितल रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि क्यालेण्डर बिमोचन गरेको हो । भूकम्प पीडित क्षेत्रको बिद्यालयलाई सहयोग गर्नेदेखि बहराइनमा रहेका नेपाली युवालाई आवश्यक समस्या पूर्ती समेत गर्दै आएको यो संस्थाले आगामी दिनहरुमा सबै बहराइन बासी युवाहरुलाई समेट्ने अध्यक्ष बिरेन्द्र बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा एनआरन बहराइन, नेप्लिज वेल्फेर सोसाइटी, लालिगुरास सेवा समाज, पर्बत सेवा समाज, अन्तर्राष्ट्रिय कलाकार मंच, प्रबासी नेपाली मन्च, झापाली युवा समाज, मिथिला समाज, दलित एकता संजाल बहराइन लगायतका प्रतिनिधि अतिथिहरुको उपस्थितिबाट भित्तेपात्रो बिमोचन गरिएको थियो ।

यसै अवसरमा बालबालिका बचत कोष र पीडित युवा सहयोग कोष पनि स्थापना गरिएको छ । न्यून ब्याज दरमा ऋण तथा बचतको थालनी गरेसँगै ९ लाख बराबर बचत भएको समाजका सचीव इसुधिन मियाले जानकारी गराए ।