काठमाडौं, ११ वैशाख । कृतिमानी विश्व पर्वतारोही तथा लामो दुरीका धाबक संजय पण्डितलाई शनिबार दसौ लोकतन्त्र दिवसको अवसरमा प्युठानमा सम्मान गरिएको छ ।
प्राणघातक हिमालको रुपमा चिनिएको मनास्लु, जापानको फुजी, एसिया सगरमाथा, अफ्रीका किलिमन्जारो, अस्ट्रेलिया, युरोप, अमेरिका लगायतका महादेशका सर्बोच्च शिखरहरुको सफलतापूर्वक आरोहण गरिसकेका पण्डितको सम्मानमा गरिएको कार्यकममा प्युठानका राजनीति दलका प्रमुखले पण्डितको अन्तिम महादेशियको रुपमा रहेको अन्ट्रारटिका महादेशको विन्सोंन मशिफ हिमाल आरोहण तयारी स्वरुप रहेका पण्डितको अभियानमा जिल्लाको राजनीति दलको तर्फदेखि एक ठिक्काको रुपमा सहयोग गरिने प्रतिबद्ता जनाएका छन् ।
कार्यकममा एमालेका पार्टी अध्यक्ष, जनमोर्चा नेपाल, एमाओबादी, नेपाली कांग्रेस, क्रान्तिकारी माओबादी, राप्रपा, राप्रपा नेपाल, लगायत पार्टीका जिल्ला प्रमुख एबम प्रतिनिधिले बोल्नु भएको थियो ।
कार्यकममा पत्रकार महासंघ प्युठानका अध्यक्ष ,समाजसेबी, शान्ति समितिका अध्यक्ष लगायतको पनि सहभागीता रहेको थियो । हाम्रो एकता साप्ताहिकद्वारा आयोजित सम्मान कार्यकम तथा संजय पण्डित विन्सोंन मशिफ आरोहण अभियान अन्तरक्रिया कार्यकमको संयोजन नेपाल पत्रकार महासंघ प्युठानका पुर्व अध्यक्ष शुसिल पोख्रेलले गर्नु भएको थियो ।
पण्डितले अफ्रीका तथा अस्ट्रेलियाको सर्बोच्च शिखरहरुमा उल्टो हिडेर आरोहण गरेका थिए । कार्यकममा दलका प्रमुख तथा प्रतिनिधिहरुले पण्डित प्युठानको मात्र नभएर देशकै सम्पति भएकाले सबैले सहयोग गर्नु पर्ने कुरा ब्यक्त गरे । उनी प्युठानबाट सगरमाथा आरोहण गर्ने पहिलो नागरिक हुन् भने नेपालका पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने पहिलो ब्यक्ति हुन् । पण्डित यसैवर्षको अन्त्यतिर अन्ट्रारटिका महादेशको विन्सोंन मशिफ हिमालतर्फ प्रस्थान गर्दै छन् ।













प्रतिक्रिया