८ कार्तिक २०८३, आइतबार

मधेसको जिम्मा अब सुरक्षाकर्मीलाई दिइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, ११ वैशाख । मधेसवादी दलले शुक्रबार आन्दोलन घोषणा गरेकै दिन सरकारले मधेसको जिम्मा नेपाली हातमा सुम्पिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले राजनीतिक दलहरुले गर्नुपर्ने काम गर्न सरकारी कर्मचारी र नेपाली सेनालाई निर्देशन दिएको छ । अब सेनाले संविधानबारे छरिएको भ्रमलाई चिर्ने काम मधेसमा गर्नेछ ।

तराईका विभिन्न जिल्लामा नयाँ संविधान कार्यान्वयनमा देखिएको चुनौती र भ्रम दुवैलाई चिर्न सुरक्षा निकायको साथमा निजामती कर्मचारीसमेत सहभागी हुन गृह मन्त्रालयले औपचारिक र अनौपचारिक दुवै निर्देशन दिएको हो ।

तराईका विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी सुरक्षा निकायका प्रमुखसँग राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालासँग छलफल गर्दा नयाँ संविधानमा मधेसी समुदायका अधिकार कटौती गरेको भन्ने भ्रमलाई राजनीतिक दलले मात्र समयमै चिर्न नसक्दा समस्या उत्पन्न भएको रिपोर्टिङ गरेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो । राजधानी दैनिकमा खबर छ ।