– कृष्ण ओझा
पाँचथर, ११ वैशाख । पाँचथरको इम्बुङ गाविस ७ कोल्बुङका एकै घरका ५ जना अपाङ्गता भएका तामाङ परिवारलाई सहयोगी हातहरूको संयोजनमा २ लाख ६४ हजार ३ सय २५ रुपैयाँ बराबरको सहयोग गरिएको छ ।
मसलादेखि टीभीसँगै अपाङ्गतामैत्री घर बनाइँदा यसअघि २ लाख ४ हजार ९ सय १५ रुपैयाँ बराबरको सहयोग गरेको तथा शुक्रबार ५९ हजार ४ सय १० रुपैयाँ बराबरको किराना सामान हस्तान्तरण भएको हो ।
कूल २ लाख ६४ हजार ३ सय २५ रुपैयाँ बराबरको सहयोग गरिएको सहयोगी हातहरुका संयोजनकर्ता रामप्रकाश समथिङ गुरुङले बताए ।
एमालेका पूर्व सांसद बसन्तकुमार नेम्बाङ, व्यवसायी तथा समाज सेवीहरु सोमकुमार थापा र यूवासंघ नेपालका सदस्य कमल थपलियाले ३० हजार ५ सय २५ रुपैयाँ बराबरको किराना सामान सहयोग गरेका हुन् ।
नवीन फोटो स्टुडियोका प्रोपाइटर नवीनकिशोर घिमिरेले अपाङ्गता भएका खड्ग तामाङलाई मुडा बुन्न आवश्यक धागोसहित काटी छेड्ने मेसिन गरी १० हजार ५ सय ८५ र अपाङग सेवा संघ पाँचथरले १८ हजार मूल्य बराबरको ह्वीलेचेयर गरी ५९ हजार ४ सय १० रुपैयाँको सहयोग गरिएको गुरुङले जानकारी दिए ।
किराना सामान हस्तान्तरणपछि राखिएको दोकानलाई र्पूवं सांसद तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बसन्त नेम्बाङका पत्नी तथा राष्ट्रिय नजसाँस्कृतीक महासंघ केन्द्रिय कोषाध्यक्ष साथै जन गाईका भूमिका नेम्बाङले रिबन काटेर उद्घाटन गरेकी हून् ।
उनले सो क्रममा अपाङ्गता भयो भनेर निराश नहुन आग्रह गर्दै केही गर्न सक्छु भनेर अघि बढ्न अपाङ्ता भएका तामाङ परिवारलाई सुझाव समेत दिइन् ।
कार्यक्रममा सहभागी सहयोगी हातहरुमा संलग्न भवानी तावाले बारम्बार सहयोग गरिदिन असम्भव हुने भएकाले आम्दानीको श्रोतको रुपमा दोकान स्थापना गरिएको बताए ।
सहयोग पछि आमा धनमायाँ तामाङ ,बुबा हर्कवीर,अपाङ्गता भएका छोरा खड्गवहादुर,छोरीहरु शिरमायाँ र दिलमायाँ तामाङले दाताहरुको सहयोगले हर्षित भएको र जीविकोपार्जनको आधार नै दोकान बनाउने बताए ।
हर्षित हुँदै उनीहरुले दाताहरुलाई धन्यवाद दिए । स्थानीय शिक्षासेवी दुर्गाप्रसाद चापागाईले तामाङ परिवारलाई दाताहरुले गरेको महान सहयोगले आफू पनि हर्षित भएको बताए ।
दाताहरुको सहयोग भन्दा पहिले चापागाइले आर्थिक अवस्था कमजोर भएका तामाङ परिवारको विजोकले आफूलाई पनि दुखाएको र बेला बेला सहयोग गर्दै आएको बताए ।
सहयोग वितरणमा सहयोगी हातहरुमा संलग्न समाजसेवीहरु नरेश आङबो, अधिकारकर्मी मंगल बेघा,सहयोगी आँखाका अध्यक्ष कमल थपलिया, समाजसेबी भवानी तावा ,अर्पण मगर लगायत सहभागिता बनेका थिए ।












प्रतिक्रिया